श्रीमतीको हत्या गर्ने नेपाली ब्रो भनिने कुमार थापा पक्राउ – Pahilo TV

श्रीमतीको हत्या गर्ने नेपाली ब्रो भनिने कुमार थापा पक्राउ

    मा प्रकाशित

काठमाडौँ – सामाजिक संजालमा ‘नेपाली ब्रो’ नामले चिनिने ४२ बर्षिय कुमार थापा मगरले आफ्नी ४२ बर्षिय श्रीमती ईश्वरी भुजेलको ह त्या गरेका छन् । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार स्कुटीमा सवार ईश्वरीको टाउकोमा फलामकोरड प्रहार गरी हत्या भएको हो । यो घटना शुक्रबार राति १०ः१० बजे भएको हो ।
उक्त घटना शुक्रबार बेलुकी तारकेश्वर नगरपालिका स्थित लोलाङ, पैँयुटारमा भएको हो ।रड प्रहारबाट गम्भीर घाइते बनेकी ईश्वरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको हो ।
‘नेपाली ब्रो’ भनिने कुमार आफूलाई रेस्लर र फाइटरका रुपमा पनि चिनाउने गर्थे भने ईश्वरी सैनिक सेवामा थिइन् । उनीहरूबीच सम्बन्ध बिच्छेदको तयारी थियो । शुक्रबार बेलुकी ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए । एसपी भट्टराईका अनुसार ईश्वरी घर अगाडि पुग्नासाथ रडले हानेर घाइते बनाएका थिए ।
उनलाई प्रत्यक्षदर्शीले तत्कालै स्थानीय तारकेश्वर अस्पतालमा लगेका थिए । अत्याधिक रक्तस्राव भएपछि थप उपचारका लागि महाराजगन्ज लगिएको थियो । त्यहाँको इमर्जेन्सी वार्डमा उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका थिए । कुमारलाई शुक्रबार राति नै प्रहरीले बालाजुबाट पक्राउ गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया