रोल्पा जिप दुर्घटना : ज्यान गुमाउने २० मध्ये १४ जना एकै परिवारका – अधुरै रह्यो अमेरिका जाने सपना – Pahilo TV

रोल्पा जिप दुर्घटना : ज्यान गुमाउने २० मध्ये १४ जना एकै परिवारका – अधुरै रह्यो अमेरिका जाने सपना

    मा प्रकाशित

काठमाडौँ – बिहिबार रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा एकै परिवारका १४ जनाको दुखद निधन भएको छ । रुकुम पुर्वको रुकुमकोटबाट २१ जना सवार लिएर रोल्पाको जलजला तर्फ जाँदै गरेको उक्त जीप थबाङ गाउँपालिका–१ र ४ नम्बरको सिमानामा पर्ने डाँडामा दुर्घटनामा पर्‍यो जिपमा सवार चालक सहित २० जनाको घटनास्थल मै ज्यान गयो भने १ जना भने हाम फालेर घाइते अवस्थामा बाच्न सफल भएका छन् ।
दुर्घटनामा ज्यान गुमाएका २० जना मध्ये एकै परिवारका १४ जना रहेका छन् । रुकुम पुर्वको सिस्ने गाउँपालिका–५ टाकुराका ३२ बर्षिय गोर्ख बिसी , उनकी आमा ५२ वर्षीया तिलकुमारी बुढाथोकी,२८ वर्षीया भाउजु युभा बिसी, १० वर्षीय छोरा दिव्यन बिसी ज्यान गएको छ ।

त्यस्तै, गोर्खकी कान्छी आमा ४० वर्षीया ओमकुमारी बुढाथोकी , ओमकुमारीका २४ वर्षीया छोरी सृजना बुढाथोकी र १३ वर्षीय छोरा सुदीप बुढाथोकीको पनि ज्यान गएको छ । साथै युभा कै बुवा आमा दाङ्गको घोराही उपमहानगरपालिका – १५ रतनपुर बस्दै आएका ५४ वर्षीया आमा द्रोपदा जिसी, बुबा यमबहादुर जिसी, २५ वर्षीया बहिनी एलिसा जिसी,उनका ७ वर्षीय छोरा संयोग जिसी र ३२ वर्षीया भाउजु तिला विष्ट जिसी र उनका दुई जना छोराछोरी ७ वर्षीय जेनिस र १२ वर्षीया जेनिसाको पनि ज्यान गएको छ । युभाका घर र माइती एकै परिवारका १३ जना एक साथ् अस्ताएका छन् ।
उक्त दुर्घटना मा ज्यान गुमाएकी २८ वर्षीया युभा बिसीका श्रीमान् दीपक बुढाथोकी अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । युभा श्रीमान् दीपकलाई भेट्न १० वर्षीय छोरा दिव्यनलाई लिएर वैशाख २९ गते अमेरिका उडने तयारीमा थिइन् । त्यस्तै युभाका बुवा आमा दाङ्गमा नयाँ बनाएको घरमा सर्ने तयारीमा थिए । युभाका देवर गोर्ख बिरामी भएकाले उनको स्वास्थ्यलाभको भाकल बुझाउने, संयोगले एकसाथ जुरेको खुसियाली मनाउन युभाका घर र माइतीका स-परिवार दर्शनका लागि जलजला जाँदै थिए । तर जलजला पुग्न न पाउदै एकाएक उनीहरुका सपना बाटो मै अस्ताएका छन् ।

अहिले गाउँ शोकमा डुबेको छ उता अमेरिकामा रहेका युभाका श्रीमान दीपक श्रीमती छोरा आमा भाई सासु ससुरा सबै गुमाएर निकै विक्षिप्त बनेका छन् । त्यस्तै तिलाका श्रीमान् गोविन्द जिसी पनि अमेरिका मै छन् । गोबिन्द पनि श्रीमती छोराछोरी आमा बुवा बहिनीहरु गुमाएर निकै भावाबिहिल अवस्थामा छन् । यो दुर्घटनाले सबैको आँखा रसाएका छन् ,साचै बजु बराहको दर्शन गर्न गएका उनीहरुलाई दैबले नि बचाउन सकेनन ।

 

प्रतिक्रिया