रोल्पा जलजला तिर्थ यात्रा जाँदै गरेको जिप दुर्घटना- २० जना मृतकहरुको पहिचान खुल्यो – Pahilo TV

रोल्पा जलजला तिर्थ यात्रा जाँदै गरेको जिप दुर्घटना- २० जना मृतकहरुको पहिचान खुल्यो

    मा प्रकाशित

रोल्पा – रुकुम पूर्वबाट रोल्पाको जलजला जाने क्रममा बिहिबार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ ।उक्त दुर्घटनामा घाइते भएका १ जना उपचारपछि घर फर्किएका छन् ।

जिपमा सवार यात्रुहरु सबै रुकुम पूर्वबाट गए पनि केही रुकुम पूर्वका र केही दाङ जिल्लाका भएको रोल्पा प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख विक, २८ वर्षीय युवा बिसी,५३ वर्षीया तिलकुमारी बुढाथोकी, १० वर्षीय दिव्यन बिसी, १३ वर्षीया सुदीप बुढाथोकी २४ वर्षीया सृजना बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ३२ वर्षीया तिला जिसी, ५४ वर्षीया दोरपती जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन्। दाङ कै शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने-५ मा वस्ने सवारी चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह एवम् रुकुम पूर्वकै भुमे गाउँपालिका–५ का टेक प्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुपमिना बस्नेत रहेका छन् । घटनास्थल अप्ठेरो पहरामा भएकाले शव संकलन कार्यमा ढिला भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया